About Us

यो कार्यालय गण्डकी प्रदेश तनहुँ जिल्ला बन्दीपुर गाउँपालीका वार्ड नं २ सरपानीमा अवस्थित छ । पृथ्वी राजमार्गको डुम्रे बजारदेखि १० कि मी दक्षिणतर्फ पर्यटकीय नगर बन्दीपुर बजारबाट २ कि मी दुरीमा समुन्द्री सतह देखि ९५० मी उचाईमा यो केन्द्र स्थापना भएको छ । यो केन्द्र तत्कालीन श्री ५ को सरकारको मिति २०५०।११।१० को निर्णय अनुसार बन मन्त्रालयको स्वामित्वमा रहने गरि उपलब्ध गराइएको जग्गामा संचालित छ । यस कार्यालय आ ब २०५१।०५२ देखि रेशम खेती विकास शाखा खोपासीबाट कीरापालन घर र कर्मचारी आवास गृह निर्माण गराई शुरू भै आ ब २०५२।०५३ देखि आफ्नो छुट्टै कार्यालयको रुपमा हुँदै आएको हो । स्थापनाकाल देखि रेशम खेती विकास कार्यालय भनी नामांकरण भएको यस कार्यालय आ ब २०६१।०६२ देखि प्रजनन पिंढी बीज कोया श्रोत केन्द्रको नामबाट संचालन हुँदै आइरहेको छ । आ ब २०७५।०७६ देखि यो कार्यलय गण्डकी प्रदेश सरकार अन्तरगत रहेर कृषकहरुलाई सेवा पुर्याउदै आएको छ ।

यस कार्यालयको कमाण्ड क्षेत्र गोरखा लमजुङ र तनहुँ जिल्लाहरु हुन् । यी जिल्लाहरु मध्ये तनहुँ जिल्ला रेशम खेतीको लागि उच्च प्राथमिकता जिल्लामा पर्दछ भने लमजुङ र गोरखा जिल्लाहरु क्रमशः सपोर्टिभ र न्यून प्राथमिकतामा पर्दछन् ।